फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र रुसका राष्ट्रपति पुटिनबीच भेटघाट

(GMT+08:00) 2017-07-04 10:26:47

हिजो जुलाई तीन तारिख बेलुकी मस्को पुग्नुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले क्रेमलिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्नुभएको छ। सो अवसरमा दुई मुलुकका राष्ट्रनायकहरूले साझा अभिरुचिका महत्वपूर्ण समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। दुवै नेताले छलफलमा चीन र रुसको मित्रताबारे छलफल गर्नुभएको र दुई मुलुकको सम्बन्धको भावी विकासबारे विमर्श गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सीले रुसको राजकीय भ्रमण गर्नुभएको र राष्ट्रपति पुटिनसँग साझा अभिरुचिका समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएकोमा आफूलाई खुशी लागेको बताउनुभयो।

रुसी राष्ट्रपति पुटिनले सीलाई रुस भ्रमणमा हार्दिक स्वागत गर्दै रुस र चीनको सम्बन्धमा रुसले धेरै महत्व दिएको बताउनुभयो। सीको भ्रमणले रुस र चीनको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धका लागि नयाँ शक्ति थपिदिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु