फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पत्रकारहरुद्वारा क्वाङचौको संग्रहालय भ्रमण

(GMT+08:00) 2017-07-04 18:57:09

चीनको क्वाङचौ शहरको आर्थिक, सामाजिक र सांस्कृतिक विशेषताका बारेमा जानकारी दिन बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई क्षेत्रले समेटेका विभिन्न मुलुकका संचारकर्मीहरुसँग अन्तर्क्रिया कार्यक्रम आज जुलाई चार तारिख सुरु भएको छ।

कार्यक्रममा बीआरआईलाई प्रतिनिधित्व गर्ने नेपाल, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, थाइल्याण्ड, मंगोलिया, दक्षिण कोरिया लगायत 12 देशका 17 जना संचारकर्मीहरुको सहभागिता रहेको छ।

सांस्कृतिक, प्राकृतिक र पर्यटकीय नगरीका रुपमा विकसित चीनको क्वाङचौ सहरको करिव 22यस वर्ष पुरानो परिचय रहेको छ।

यहाँको सम्पदाको परिचय गर्ने क्रममा यहाँस्थित ऐतिहासिक पृष्ठभूमि बोकेको नानयुएकिङ संग्रहालयको संचारकर्मीहरुले अवलोकन भ्रमण गरेका छन्।

करिव 53 हजार वर्गमिटरमा फैलिएको यो संग्रहालयमा प्राचीनकालीन राजा नानायुएको ऐतिहासिक विशेषताहरु संग्रहन गरिएको छ।

यसै क्रममा क्वाङचौ सहरको आर्थिक, सांस्कृतिक र पर्यटकीय विकासका बारेमा सहाँस्थित सम्बन्धित प्रतिनिधिले पत्रकारहरुलाई जामानकारी गराएका छन्। सो अवसरमा बीआरआईको अवधारणामा क्वाङचौ प्रचार विभागका उपमहानिर्देशक चु सियाओले जनकारी दिनुभयो।

जानकारी तथा लेखहरु