फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढी पहिरोका पीडितलाई उद्दार गर्न र राहत कार्यमा खट्न नेपालका प्रधानमन्त्रीको निर्देशन

(GMT+08:00) 2017-07-05 15:47:12

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी नियन्त्रण र विपदमा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिनु भएको छ। सप्तरीमा केही दिनअघि बाढीबाट भएको क्षतिका सम्बन्धमा नेपाली काँग्रेसका जिल्ला सभापतिले ध्यानाकर्षण गराउने क्रममा मंगलबार प्रधानमन्त्री देउवाले वर्षायाममा हुनसक्ने बाढीपहिरोलगायत विपदबाट जनधनको क्षति हुन नदिनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

सप्तरीमा असार दोस्रो सातादेखि भएको अविरल वर्षाका कारण बाढीबाट खेतीयोग्य जमीन, मानव बस्ती र बजारमा क्षति पुर्‍याएको सम्बन्धमा सप्तरी, सर्लाहीलगायत जिल्लाका काँग्रेसका सभापतिले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

जानकारी तथा लेखहरु