फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपराष्ट्रपति पुन र चिनियाँ नेता छी सुचुनबीच भेट

(GMT+08:00) 2017-07-06 15:32:40

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलनका उपाध्यक्ष छी सुचुनले शिष्टाचार भेट गर्नु भएको छ। चीनको साताव्यापी औपचारिक भ्रमणको क्रममा कान्सु प्रान्तको लान्चौ शहरमा उपराष्ट्रपतिसँग उपाध्यक्ष सुचुनले हिजो बुधबार साँझ भेट गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपाली भूमीमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने बताउनु भएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो।

चीनका राष्ट्रपति सी जिनफिङले अगाडि सार्नु भएको 'वेल्ट एड रोड एनिसियटिभ' समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै उपराष्ट्रपतिले वेल्ट एण्ड रोड एनिसियटिभबाट नेपालले फाइदा लिने बताउनुभयो। 'विआरआईबाट नेपाल धेरै लाभाम्वित हुनेछ, खासगरी कनेक्टिभिटिको क्षेत्रमा रेलवे, रोड, विमानस्थल, विद्युत प्रशारणमा ठूलो फाइदा लिनेछ,' भेटमा उपराष्ट्रले भन्नुभयो, 'सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हाँसिल गर्न अगाडि बढिरहेको नेपालले यसबाट ठूलो सघाउ पुग्ने हामीले विश्वास लिएका छौँ।' उपराष्ट्रपतिले नेपालको तर्फबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका संझौता र समझदारीहरु नेपालले कार्यान्वयनको चरणमा लगेको बताउनुभयो।

उहाँले नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेको भए पनि लामो समयदेखि राष्ट्रपतिको भ्रमण हुन नसकेको भन्दै भ्रमणका लागि आग्रह गर्नु भएको छ। 'नेपाल र नेपाली जनता चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न आतुर छन्,' भेटमा उहाँले भन्नुभयो, 'दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझै माथि उठाउन चीनबाट नेपालको उच्चस्तरीय भ्रमणको आवश्यक छ।' भेटमा उपराष्ट्रपतिले नेपालमा लगानीमैत्री वातावरण बनेकोले ठूला लगानी लिएर नेपाल आउन चीनलाई आग्रह गर्नुभएको परराष्ट्रमन्त्रालयले बुधवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रवारे पनि बताउनु भएको छ। स्थानीय तहको दुई चरणको निर्वाचन भईसकेको, असोजमा तेस्रो चरणको र माघभित्र प्रदेश र संघको चुनाव भईसकेपछि नेपालले पूर्ण रुपमा राजनीतिक स्थिरता हाँसिल गर्ने उहाँको भनाइ थियो।

उपराष्ट्रपतिसँगको भेटमा उपाध्यक्ष सुचुनले नेपाल सदैव चीनको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले नेपाल चीन सम्बन्ध विश्वकै उदाहरणीय भएको बताउनुभयो। 'विश्वमा यस्तो सुन्दर सम्बन्ध भएका मुलुक कमै देखिन्छ,' नेपाल चीन सम्बन्धबारे उपाध्यक्ष स्युछुनले भन्नुभयो। उहाँले चीन र नेपालको सम्बन्ध भाइभाइको सम्बन्ध जस्तो बनिसकेको बताउनुभयो।

त्यस्तै भेटमा उपाध्यक्ष स्युछुनले स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गरेकोमा नेपाललाई बधाई दिनुभयो। उहाँले चीन जहिले पनि नेपालमा राजनीतिक स्थिरता होस्, नेपाली जनताको जीवन स्तर राम्रो होस् भन्नेमा रहेको बताउनुभयो।

भेटमा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, उपराष्ट्रपति कार्यालयका सचिव नारायण गोपाल मलेगो, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी हुनुहुन्थ्यो भन चीनको तर्फबाट कान्सु प्रान्तका गभर्नरसहित कान्सु प्रान्तका उच्चस्तरीय पदाधिकारीहरु सहभागि थिए।

उपराष्ट्रपति पुन त्यसपछि कान्सु प्रान्तका गभर्नर ताङ रानजिएपीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुभयो। त्यस्तै लान्चाउमा रहेको तार उत्पादन कारखाना र वियर उत्पादन कारखानाको अवलोकन भ्रमण समेत गर्नुभएको थियो। ‌

जानकारी तथा लेखहरु