फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विकासका लागि सहयोग गर्न चीन तयार

(GMT+08:00) 2017-07-07 16:06:34

नेपालका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि चिनियाँ दूताबासका डेपुटी चिफ अफ मिसन याङ सी चाओबीच भएको शिष्टाचार भेटवार्तामा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको आर्थिक विकासका बारेमा छलफल भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

शिक्षा मन्त्रालयमा भएको भेटमा 2072 को भूकम्पपछि चीन सरकारले तत्काल र पुनःनिर्माणका लागि गरेको सहयोगका लागि शिक्षामन्त्री श्रेष्ठले चिनियाँ टोलीलाई धन्यवाद दिनु भएको उहाँका स्वकीय सचिव चिरञ्जिवी भण्डारीले जानकारी दिनुभयो। भेटमा डेपुटी चिफ अफ मिसन याङले नेपालको समग्र विकासका लागि चिनियाँ सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु