फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपराष्ट्रपतिद्वारा चीनले अगाडि सारेको बीआरआईको उच्च मूल्याङकन

(GMT+08:00) 2017-07-07 16:16:42

नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अगाडि सार्नु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अवधारणले विश्वका धेरै देशहरुलाई जोड्ने र विकासोन्मुख मुलुकमा विकासको ढोका खोल्ने भन्दै उच्च मूल्याङ्कन गर्नु भएको छ। 23 औँ चीन–लान्चौ लगानी तथा व्यापार मेलामा विशेष अतिथिका रुपमा चीन भ्रमणमा आउनु भएका उपराष्ट्रपति पुनले सीआरआई नेपाली सेवालाई अन्तर्वार्ता दिँदै उक्त विचार व्यक्त गर्नु भएको हो।

अन्तर्वार्ताका क्रममा उहाँले बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामा नेपाल औपचारिक रुपमा सहभागी भइसकेको बताउँदै यसले दुई देशबीचको आर्थिक विकासमा ठूलो प्रगति हुने कुरामा जोड दिनुभयो। बीआरआईमार्फत नेपालले चीनसँगको कनेक्टिभिटीबाट नेपालको विकासका संभावनाहरुमा उजागर गर्ने, व्यापार, उत्पादन र लगागीका क्षेत्रमा नयाँ ढोका खोल्ने उहाँले औँल्याउनुभयो। विशेषगरी नेपाललाई अन्य देशहरुसँग जोड्नका लागि सडक सन्जाल र रेलवेको विकास गर्नमा बीआरआईले अहं भूमिका खेल्ने कुरामा उहाँले जोड दिनुभयो। नेपाल र चीनबीचमा सडक सन्जाल र रेलवे सन्जाल जोडिएपछि नेपाली उत्पादनले चिनियाँ बजार प्राप्त गर्ने र चिनियाँ उत्पादनले पनि नेपालको बजार विस्तार गर्ने बताउँदै उपराष्ट्रपति पुनले नेपाली निर्यात वृद्धि गर्नका लागि यसले महत्वपूर्ण काम गर्ने बताउनुभयो।

चीनले कान्सु प्रान्तको लानचौलाई नेपाल तथा दक्षिण एसियासँग जोड्ने मुख्य बिन्दुका रुपमा विकास गरेको बताउँदै लानचौमा आयोजित व्यापार मेलाले सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्ने विचार नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु