फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा ब्रिक्स मुलुकका नेताहरुसँग अनौपचारिक भेटवार्ता

(GMT+08:00) 2017-07-07 18:36:06

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जुलाई सात तारिख हेम्बर्गमा ब्रिक्स मुलुकका नेताहरूको अनौपचारिक भेटवार्ताको अध्यक्षता गर्नुभएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिशेल टेमेर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक भेटवार्तामा भाग लिनुभएको छ।

सो अवसरमा पाँचवटा मुलुकका नेताहरूले विश्वको सामाजिक तथा आर्थिक परिस्थिति, बीस मुलुक समूहका महत्वपूर्ण विषयबारे वैचारिक आदान-प्रदान गर्नुभयो। ब्रिक्स मुलुकले एकता तथा सहयोगलाई बढाउने, खुलामूलक विश्व अर्थतन्त्रको सिर्जना गर्ने, विश्व अर्थतन्त्रको शासनको सुधार गर्ने र दिगो विकासलाई प्रबर्द्धन गर्ने विषयहरूबारे उहाँहरुले महत्वपूर्ण सहमति हासिल गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले दुई महिनापछि ब्रिक्स मुलुकका नेताहरूको सम्मेलन चीनको स्या मन शहरमा आयोजना हुने जानकारी दिँदै उक्त सम्मेलनको विभिन्न तयारी कार्य सुचारु रुपमा चलिरहेको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु