फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी तथा बेलायती प्रधानमन्त्री बीच भेटवार्ता

(GMT+08:00) 2017-07-08 14:04:46

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई सात तारिख ह्यामबर्गमा बेलायती प्रधानमन्त्री थरेसा मैसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले दुवै पक्षको साझा प्रयासमा आपसी रणनीतिक विश्वास अझ गहन रुपमा विकसित भैरहेको बताउँदै विभिन्न क्षेत्रमा भएको वस्तुगत सहयोग पनि नयाँ स्तरमा पुगेको औंल्याउनुभएको छ। चीनले बेलायतसँग मिलेर आपसी एक्काइसौं सताब्दी उन्मुख विश्वव्यापी रणनैतिक साझेदारी सम्बन्धलाई अर्को चरणमा पु्र्‍याई दुई देशका जनताको अझ बढी हित-कल्याण सिर्जना गर्दै जाने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

पारस्परिक सम्बन्धको विकास गर्नका लागि आपसी रणनीतिक विश्वासको बलियो जग हो र वस्तुगत सहयोगलाई सबल पार्नु नै टेवा दिने भूमिका भएको राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी सम्पर्क तथा सहयोगलाई अघि बढाउँदै संयुक्त राष्ट्र संघ, बीस मुलुक समूह, एशिया पूर्वाधार लगानी बैंक लगायतका बहु प्रारुपमा दुवै पक्षले पारस्परिक आदानप्रदानलाई विकसित पार्दै जानुपर्ने उहाँले बताउनुभयो। यसका साथै दुई देशले विद्यमान मतभेदलाई पन्छाएर मतैक्य हासिल गरेर व्यावहारिक कार्वाहीमार्फत आपसी सम्बन्धको विकासको मूल परिस्थितिको संरक्षण गर्नुपर्ने कुरा राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। यस्तो कार्यबाट चीन-बेलायत सम्बन्धलाई अझ स्थिर र विकसित बनाउन सकिने कुरामा राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभयो।

सो अवसरमा बेलायती प्रधानमन्त्री थरेसा मैले एक्काइसौं शताब्दी उन्मुख आपसी विश्वव्यापी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अघि बढाउन बेलायत प्रयासरत रहेको जानकारी दिनुभयो। महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा चीनको अहं भूमिकामा बेलायतले महत्व दिइरहेको र बहु क्षेत्रमा दुवै पक्षको साझा हित रहेको पनि उहाँले उल्लेख गर्नुभयो। बेलायतले आपसी उच्चस्तरीय वार्तालाई नियमित बनाएर व्यापार, लगानी, संस्कृति, सुरक्षा आदि क्षेत्रमा चीनसँगको आदानप्रदान तथा सहयोगलाई प्रवर्द्धन पार्ने इच्छा राखेको उहाँले बताउनुभयो। 'बेल्ट एण्ड रोड इनिसिएटिभ' बीआरआई प्रारुपमा मौद्रिक लगायत क्षेत्रमा हुने सहयोगमा बेलायतले सक्रियताका साथ भाग लिने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु