फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको खखसीली विश्व सम्पदा सूचीमा सूचिकृत

(GMT+08:00) 2017-07-08 16:06:46
स्थानीय समय अनुसार जुलाई सात तारिख दिउँसो पोल्याण्डको क्राकाउमा आयोजित युनेस्कोको ४१ सौं विश्व सम्पदा समिति सम्मेलनमा चीनको छिङ्ग हाई प्रान्तीय खखसीलीलाई 'विश्व सम्पदा सूची'मा सूचिकृत गर्न अनुमोदन गरेको छ। यो चीनको ५१ सौं विश्व सम्पदा हो र हालसम्म चीनमा सबभन्दा ठूलो क्षेत्रफल ओगटेको, समुद्र सतहदेखि सबभन्दा उच्च भूभागमा रहेको, तालको संख्या सबभन्दा बढी रहेको र ठूलाखालका वन्यजन्तु एक ठाँउबाट अर्को ठाँउमा ओहोरदोहोर गर्ने दृश्य देख्न पाइने विश्व प्राकृतिक सम्पदा हो।

विश्व सम्पदा समिति तथा विश्व प्राकृतिक संरक्षण संघले छिङ्गहाई प्रान्तीय खखसीलीको मूल्यको उच्च मूल्याङ्कन गरेको छ। विश्वमा सबभन्दा ठूलो क्षेत्रफल ओगटेको, सबभन्दा अग्लो उचाइमा सबभन्दा पछिल्लो छिङ्गहाई-तिब्बत पठारभूमिको उत्तर-पूर्वीमा पर्ने खखसीलीमा मानवजातिले कल्पना गर्न नसकिने प्राकृतिक दृश्य, अद्बितीय भौगौलिक अवस्था तथा मौसम भएकाले विश्वमा समुद्र सतहदेखि उच्च क्षेत्रमा अद्बितीय पर्यावरणिय वातावरण पाइन्छ। खखसीलीमा पाइने उच्चस्तरीय बनस्पत्तिमध्ये एक तिहाई छिङ्गहाई-तिब्बत पठारभूमिमा मात्रै पाइन्छ।

जानकारी तथा लेखहरु