फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका, जापान र दक्षिण कोरियाद्वारा कोरियाली प्रायद्बीपको आणविक समस्यबारे संयुक्त वक्तव्य प्रकाशित

(GMT+08:00) 2017-07-08 14:08:05

जी 20 शिखर सम्मेलनका अवसरमा, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, दक्षिण कोरियाका राष्ट्रपति मून जय इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले जुलाई 6 तारिख कोरियाली प्रायद्बीपको आणविक समस्यबारे वार्ता गरेर संयुक्त वक्तव्य प्रकाशित गर्नुभएको छ। वक्तव्यले जुलाई 4 तारिख उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको निन्दा गरिएको छ।

उक्त वक्तव्यका अनुसार, उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने कार्यले राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय-पत्रको बेवास्ता गरेर अमेरिका, जापान तथा दक्षिण कोरिया र अरु मुलुकका लागि गम्भीर चुनौती दिएको छ। नेतागणहरुले कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधानको महत्व र शान्तिपूर्ण तरिकामार्फत प्रायद्बीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने साझा लक्ष्य दोहोर्‍याउनुभएको छ। कोरियाली प्रायद्बीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने वार्ता पुनःसुरु गर्न तीन मुलुकले उत्तर कोरियामाथि निरन्तर दवाव दिनेछन्।

जानकारी तथा लेखहरु