फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी 20 बाट आतंकवादको विरोधमा एकवद्धता

(GMT+08:00) 2017-07-08 15:11:39

जी 20 का नेतागणले जुलाई 7 तारिख जर्मनीको ह्याम्बर्गमा एक वक्तव्य प्रकाशित गरेर आतंकवादको विरोधमा सहयोगलाई निरन्तर सबल पार्ने व्यक्त गरेका छन्। वक्तव्यका अनुसार, आतंकवाद विरोधी वचनबद्धतालाई व्यवहारमा उतार्ने, आतंकवाद विरोधी सूचनाको आदान-प्रदान तथा साझेदारलाई सबल पार्ने, आतंकवादको पूँजी समर्थनमाथि प्रहार गर्ने आदि विषय समेटिएका छन्।

वक्तव्यमा जी 20 का नेतागणले विश्वव्यापी रुपमा सबै प्रकारको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन्। जी 20 का सदस्यले आतंकवाद र त्यसको पूँजी समर्थनको विरोधमा एक हुने प्रतिवद्धता व्यक्त गरेका छन्। आतंकवादी आक्रमणले जी 20 सदस्यबीच सुरक्षित सहयोगलाई सबल पार्ने र जनताको सुरक्षा गर्ने अठोटलाई अझ सुदृढ पार्ने कुरामा पनि सहमति गरेका छन्।

आतंकवाद विरोधी सबै कदमले संयुक्त राष्ट्र संघको बडा-पत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्ने जी 20 नेतागणले दोहोर्‍याएका छन्।

जानकारी तथा लेखहरु