फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी 20 शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

(GMT+08:00) 2017-07-08 14:12:43

बाह्रौं जी 20 शिखर सम्मेलन जुलाई 7 तारिख जर्मनीको ह्याम्बर्गमा सम्पन्न भएको छ। शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्दै जी 20 ले खुलापन र विश्व अर्थतन्त्रको निर्माणलाई कायम राख्नुका साथै नयाँ आर्थिक वृद्धि शक्ति खोजेर विश्वको आर्थिक वृद्धलाई अझ सहिष्णु पार्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

यस शिखर सम्मेलनको मुख्य विषयवस्तु अन्तरसन्जाल विश्वको स्वरुप रहेको छ। सहभागी नेताहरुले विश्वको आर्थिक वृद्धि र व्यापार, दिगो विकास, जलवायु परिवर्तन, उर्जा-श्रोत आदि विषयबारे छलफल गरेका छन्।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले वर्तमान विश्वको अर्थतन्त्रमा राम्रो प्रवृत्ति देखा पर्नुका साथै गहिरो तहको समस्याको समाधान नगरेर धेरै अस्थिर र अनिश्चित कारकतत्व देखा परेको बताउनुभयो। उहाँका अनुसार, खुलापनमूलक विश्व अर्थतन्त्रको निर्माणलाई कायम राखेर खुला विकास र आपसी हितकर मार्गमा हिंड्नुपर्ने, विश्वको आर्थिक वृद्धका लागि नयाँ आर्थिक वृद्धि शक्ति खोज्नुपर्ने, हातमा हात मिलाएर विश्वको आर्थिक वृद्धलाई अझ सहिष्णु पार्नुपर्ने र चौथो विश्व अर्थतन्त्रको व्यवस्थापनलाई निरन्तर पूरा पार्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनु भएको छ।

शिखर सम्मेलन सुरुअघि राष्ट्राध्यक्ष सीले जी 20 का नेतागणसँग भेट गरी आतंकवाद विरोधी विषयबारे छलफल गर्नुभएको थियो।

जानकारी तथा लेखहरु