फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनको सीमाक्षेत्रमा अपराध नियन्त्रण गर्ने संयन्त्र स्थापना

(GMT+08:00) 2017-07-08 16:15:29

नेपाल र चीनबीचको सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न रसुवाका प्रमुख जिल्ला अधिकारी र चीनको चिलोङ काउन्टीका सुरक्षा अधिकारीबीच केरुङमा ज्वाइन्ट एक्सन सेन्टर खोल्ने समझदारीपत्रमा हस्ताक्षर भएको नेपाल खबर अनलाइनले लेखेको छ।

चीनको केरुङमा आयोजित एक कार्यक्रममा रसुवाका प्रजिअ चोमेन्द्र न्यौपाने र चिलोङ काउन्टीका कर्णेल काओ हुइहाइबीच 'नेपाल–चाइना बोर्डर ल इन्फोर्समेन्ट कोअपरेसन (केरुङ) जोइन्ट एक्सन सेन्टर' स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु सो केन्द्रको लक्ष्य रहेको बताइएको छ। कार्यक्रममा उक्त केन्द्रको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेपालको रसुवागढीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयको कर्मचारी रहनेगरी एक केन्द्र खोलिनेछ, जसले सीमापार आपराधिक गतिविधि नियन्त्रण, आतंकवाद र गैरकानुनी आवागमन नियन्त्रणका लागि चिनियाँ केन्द्र सहकार्य गर्नेछ।

सीमा सुरक्षाको आवश्यकताअनुसार सो केन्द्रले सीमा अपराध अनुसन्धान र अन्य घटनामा समेत सम्बन्धित पक्षको सहमतिमा आवश्यकताअनुसार सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ।

केन्द्र सञ्चालनसम्बन्धमा दुई देशबीच असहमति भएमा असन्तुष्ट पक्षले लिखित सूचना जारी गरी यो संरचनालाई खारेज गर्न सक्नेछ। त्यस्तै दुवै पक्षले यसबारे 6–6 महिनामा पूनरावलोकन गर्न सक्नेछन्।

दुई देशका अधिकारीबीच रहेको भाषागत समस्या हल गर्न नेपाली र चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र साँस्कृतिक आदानप्रदान पनि गर्ने सम्झौतामा उल्लेख छ।

जानकारी तथा लेखहरु