फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको फुच्यान प्रान्तीय कुलाङयु विश्व सम्पदा सूचीमा सूचिकृत

(GMT+08:00) 2017-07-09 15:28:09

चीनको फुच्यान प्रान्तीय कुलाङयुलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ। जुलाई आठ तारिख पोल्याण्डको क्राकौमा आयोजित 41 सौँ युनेस्को विश्व सम्पदा समिति सम्मेलनमा उक्त अनुमोदन गरिएको हो। हालसम्म चीनमा ५२ वटा विश्व सम्पदा भैसकेका छन्।

कुलाङयुबाट एशियाको विश्वव्यापीकरणको शुरुमा बहु मूल्यहरु बीचको अन्तक्रिया तथा मेलमिलापलाई देखाइन्छ र त्यहाँको वास्तुकलाको विशेषता तथा शैलीबाट चीन, दक्षिण पूर्वी एशिया तथा यूरोपका सांस्कृतिक मूल्यहरुको मेलमिलापलाई देखाइएको अन्तर्राष्ट्रिय पुरातात्विक भग्नावशेष परिषदले जनाएको छ। कुलाङयुमा उत्पन्न नयाँ वास्तु शैली—स्यामन सजावट शैली पछि दक्षिण पूर्वी एशियाका तटवर्ती क्षेत्रहरु लगायत अझ टाढासम्मका ठाँउहरुमा पनि विस्तार गरिएको छ।

चीनको छिङहाई प्रान्तीय खखसीलीलाई पनि जुलाई सातमा विश्व सम्पदा सूचीमा सूचिकृत गर्न अनुमोदन गरिएको छ।

जानकारी तथा लेखहरु