फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जीबीसद्वारा स्वतन्त्र व्यापारको समर्थन

(GMT+08:00) 2017-07-09 15:30:47

जर्मनका चान्सलर अंगेला मर्केलले दुईदिनसम्म चलेको वार्तापछि बीस मुलुक समूहमा स्वतन्त्र व्यापारको एकताबद्ध समर्थन प्राप्त भएको जानकारी दिनुभएको छ। जुलाई आठ तारिख बीस मुलुक समूहको ह्यामवर्ग शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा मर्केलले उक्त कुरा बताउनुभएको हो। अमेरिका पछि हटेकाले सम्मेलनमा सहभागी पक्षहरु बीच जलवायु परिवर्तन सम्बन्धी पेरिस सन्धिबारे मतैक्य हासिल नभएको पनि जनाइएको छ।

मर्केले अमेरिका पछाडी हटेतापनि अन्य 19 सदस्यहरु बीच पेरिस सन्धिको परिवर्तन नगर्ने सहमति भएको औँल्याउनुभएको छ।

सोही दिन आयोजित पत्रकार सम्मेलनमा फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनले आगामी डिसेम्बरमा पेरिसमा शिखर सम्मेलनको आयोजना गरी पेरिस सन्धि पारित भएको दोस्रो वार्षिकोत्सवमा यसको कार्यान्वयनलाई अघि बढाउने घोषणा गर्नुभएको छ।

बीस मुलुक समूहको ह्यामवर्ग शिखर सम्मेलन जुलाई सातदेखि आठ तारिखमा आयोजना भएको छ। स्वतन्त्र व्यापार तथा जलवायु परिवर्तन नै यस शिखर सम्मेलनमा ध्यानाकर्षित विषयहरु रहेका थिए।

जानकारी तथा लेखहरु