फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काश्मिरमा पाकिस्तान र भारतबीच गोली हानाहान

(GMT+08:00) 2017-07-09 15:32:17

पाकिस्तानी र भारतीय सेनाबीचमा जुलाई 8 मा काश्मिर क्षेत्रमा गोली हानाहान भएको छ। सोहि दिन पाकिस्तानी सेनाको प्रेस व्यूरोद्बारा प्रकाशित वक्तव्यका अनुसार, भारतीय सेनाले विनाकारण वास्तविक नियन्त्रण रेखाअन्तर्गत पाकिस्तानमाथि आक्रमण गरेको छ। जसबाट दुइजना पाकिस्तानी सर्वसाधारणको मृत्यु हुनुका साथै अरु तीनजना घाइते भएका छन्। त्यसपछि पाकिस्तान सेनाले जवाफ कार्वाही गरेको हो।

पाकिस्तानी विदेश मन्त्रालयले भारतीय उप-उच्च स्तरीय दुतलाई बोलाएर विरोध व्यक्त गरेको छ।

भारतीय प्रतिक्षा मन्त्रालयका प्रवक्ताले सोही दिन विहान पाकिस्तानी सेनाले कश्मिर क्षेत्रमा आक्रमण गरेपछि भारतले जवाफ हमला गरेको बताएको छ। जसबाट एकजना भारती सैनिक र उसकी श्रीमतीको मृत्यु भएको जनाइएको छ।

जानकारी तथा लेखहरु