फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष तथा अमेरिकी राष्ट्रपति बीच भेटवार्ता

(GMT+08:00) 2017-07-09 15:35:29
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूह नेतागणहरुको ह्यामबर्ग शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नुभई चीन-अमेरिका सम्बन्ध तथा साझा अभिरुचि भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहन रुपमा बैचारिक आदानप्रदान गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले दुई देशका राष्ट्रनायकहरु बीच प्राप्त मतैक्य वमोजिम सम्बद्ध कार्य टोलीले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोगको प्रवर्द्धन क्षेत्रमा नयाँ प्रगति हासिल गरेको औंल्याउनुभएको छ। अर्को चरणमा दुवै पक्षको साझा प्रयासमा विभिन्न क्षेत्रमा हुने वस्तुगत सहयोगलाई विस्तार गर्दै पारस्परिक सम्बन्धलाई स्वस्थ तथा स्थिर रुपमा विकास गर्दै जानुपर्ने ठहर पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ। आपसी मुख्य हित तथा ध्यानको आदर गर्दै विद्यमान मतभेद तथा संवेदनशील विषयको उचित समाधान गर्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीसँग राम्रो कार्य सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गर्नुभएको छ। वर्तमान आपसी सम्बन्धको विकास राम्रो भएको र चीनसँग मिलेर विभिन्न क्षेत्रमा हुने वार्ता तथा हितकर सहयोगलाई विस्तार गर्नुका साथै महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी सम्पर्कलाई राख्दै जाने इच्छा अमेरिकाले लिएको पनि राष्ट्रपति ट्रम्पले प्रकाश पार्नुभएको छ।

कोरियाली प्रायद्बीपको आणविक समस्याबारे दुवै पक्ष बीच गहन रुपमा बैचारिक आदानप्रदान भएको छ। चीनका राष्ट्राध्यक्ष सीले कोरियाली प्रायद्बीपलाई आणविक रहित बनाउने, कोरियाली प्रायद्बीपको शान्ति तथा स्थिरताको संरक्षण गर्ने वार्ता तथा छलफलमार्फत विद्यमान समस्याको समाधान गर्ने भन्ने कुरामा चीन अडिगताका साथ रहिरहेको जोड दिनुभएको छ। चीनले आफ्नो सिद्धान्त तथा अडानलाई धेरै पटक गरी स्पष्ट पारिसकेको छ र अन्तर्राष्ट्रिय समाजले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सम्बन्धित निर्णयसँग विपरीत उत्तर कोरियाको गतिविधिलाई आवश्यक प्रतिक्रिया जनाउनुका साथै सम्बन्धित वार्ताको कार्यन्वयन गर्ने तथा परिस्थितिको नियन्त्रण गर्ने प्रयास पनि गर्नुपर्छ। दक्षिण कोरियामा अमेरिकाले बन्दोबस्त गरेको 'थाड' क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको विरोधलाई चीनले फेरि दोह्याएको छ। दुई देशका राष्ट्रनायकले कोरियाली प्रायद्बीपको सम्बन्धमा घनिष्ट सम्पर्क राख्दै जाने सहमति पनि जनाएका छन्।

यसका अतिरिक्त, उहाँहरुले साझा अभिरुचि भएका विषय एवम् बीस मुलुक समूहको प्रारुपमा आपसी सहयोगबारे पनि बैचारिक आदानप्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु