फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपराष्ट्रपतिद्वारा चीनको यानआन भ्रमणमा

(GMT+08:00) 2017-07-09 15:39:59

चीन भ्रमणमा रहनु भएका नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले पल्लो शान्सी प्रान्तको यानआनको भ्रमणमा गर्नु भएको छ। कान्सु प्रान्तको लान्चौमा आयोजित दुईवटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गर्नु भएका उपराष्ट्रपति पुन शनिबार लान्चौ न्यू एरियाबाट सियान हुँदै यानआन पुग्नु भएको नेपाल खरब अनलाइनले लेखेको छ।

यानआनको सङ्ग्रहालयमा चिनियाँ क्रान्तिको चरणमा माओत्सेतुङले प्रयोग गरेका सामग्री र चिनियाँ जनवादी क्रान्ति स्मरण गराउने सामग्री राखिएका छन्।

यानआनमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्रहालय र जनवादी क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेको स्थानको उपराष्ट्रपति पुनले अवलोकन गर्नु भएको उहाँको सचिवालयले जनाएको छ। माओत्सेतुङले यानआनलाई आधार बनाएर चिनियाँ जनवादी क्रान्ति अगाडि बढाउनुभएको थियो। क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय, शीर्ष नेताहरुको निवास भवन, माओत्सेतुङको पत्रपत्रिका पढ्ने स्थानलगायतका अवशेषहरु सुरक्षित राखिएका छन्।

उपराष्ट्रपति पुनसँग शनिबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यानआन नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेट गर्नुभयो। भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

उपराष्ट्रपतिसँगको भेटमा सिपिसीका यानआन नगर प्रमुख शिनरोङले माओत्सेतुङ हुनानमा जन्मे पनि माओ विचारधारा यानआनबाट जन्मिएको बताउनुभयो। उहाँले आफूहरु नेपालसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो।

उपराष्ट्रपतिले आइतबार यानआन प्यागोडा हिल र सियानको भ्रमण गर्नेछन्। उहाँ सोमबार दिउँसो साताव्यापी चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुनेछ।।

जानकारी तथा लेखहरु