फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य हुने

(GMT+08:00) 2017-07-09 15:42:30

नेपाल र चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। नेपाल-चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

शुक्रबार काठमाडौंमा उद्योग मन्त्रालयका निमित्त सचिव गोपीकृष्ण खनाल र चीनका उद्योग तथा वाणिज्य राज्य प्रशासनका उपमन्त्री मा चाङ क्वीले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा दुवै देशबीच उद्योग दर्ता, स्थापना, संचालन र लगानीका लागि आवश्यक वातावरण बनाउने उल्लेख गरिएको अनलाइन खबरले लेखेको छ।

दुई देशमा उद्योग दर्ता, स्थापना, संचालन र त्यसका लागि आवश्यक वैदेशिक लगानी भित्रयाउने गरी 'नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य' गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो।

चीनले नेपालमा उद्योग संचालन गर्ने र त्यसका लागि वैदेशिक लगानी भित्र्याउने वातावरणको आवश्यक्तामा जोड दिँदै आएको थियो। 'नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य' गर्ने समझदारी भएसँगै दुवै मुलुकमा निर्वाधरुपमा उद्योग दर्ता, स्थापना र संचालन गर्ने वातावरण बनेको छ। लगानीका लागि पनि आवश्यक वातावरण बनाउन समझदारीले थप सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले 'नेपाल-चीन औद्योगिक क्षेत्रमा सहकार्य' गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी उद्योग मन्त्रालयका सचिवलाई दिएको थियो।

जानकारी तथा लेखहरु