फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ड्रोनबाट गोही गणना

(GMT+08:00) 2017-07-09 15:44:06

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो पटक ड्रोनको प्रयोग गरी गोही गणना गरेको छ। बर्दिया निकुञ्जले डब्लूडब्लूएफ नेपाल र हरियो वन कार्यक्रमको सहयोगमा बबई नदीमा घडियाल र मगर गोहीको गणना गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

गणनाबाट बबईमा 33 घडियाल र 31 मगर गोही भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रमेशकुमार थापाले बताउनुभयो। उहाँका अनुसार 46 किलोमिटर लम्बाई भएको बबई नदीमा करिब 3 घण्टा ड्रोन (मानव रहित विमान) प्रयोग गरिएको थियो।

गणनाका लागि डब्लुडब्लुएफ नेपालका प्राविधिक गोकर्णजङ थापा, बर्दिया निकुञ्जस्थित् रणशार्दूल गणका सुरक्षाकर्मी, रेन्जर मोतिराम पौडेललगायत निकुञ्जका प्राविधिक खटिएका थिए।

गत वर्ष पदचिन्ह पछ्याएर गरिएको गणनामा बबईमा 33 गोही भेटिएका थिए। गत वर्ष नै पदचिन्ह सर्वेक्षण प्रविधिबाट गरिएको गणनाबाट नारायणी, बबई, राप्ती र कर्णालीमा 1 सय 98 घडियाल गोही थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित सूचीमा रहेको गोही आईयूसिएनको रेड लिस्टमा अति संकटापन्न सूचीमा समेटिएको छ।

जानकारी तथा लेखहरु