फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्रीद्वारा राष्ट्राध्यक्ष सीको भ्रमणको मूल्याङ्कन

(GMT+08:00) 2017-07-09 16:21:52

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुलाइ 3 तारिखदेखि 8 सम्म रुस र जर्मनीको भ्रमण गर्नु भएको छ। सो क्रममा उहाँले बाह्रौं जी 20 शिखर सम्मेलनमा सहभागी पनि हुनु भएको छ।

राष्ट्राध्यक्ष सीको सो भ्रमण वर्तमानको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला देशबीच कुटनीतिक भ्रमण रहेको चीनका परराष्ट्रामन्त्री वाङ्ग यीले बताउनुभएको छ। छ दिनको समयमा राष्ट्राध्यक्ष सीले चालीसभन्दा बढी द्बीपक्षीय तथा बहुपक्षीय कार्यक्रममा भाग लिनुका साथै धेरै देशका राष्ट्रनायक, अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार नेताहरु र गन्यमान्य व्यक्तिहरुसँग वैचारिक आदान-प्रदान गर्नुभयो। जसले आपसी बुझाइ र सहमतिलाई सबल पार्नुका साथै एकताको सुरक्षा गरेर सहयोगलाई अगाडि बढाएको छ।

राष्ट्राध्यक्ष सीको यो भ्रमणले चीन र रुसबीच चौतर्फी रणनैतिक सहयोग साझेदारी सम्बन्धलाई सुदृढ र गहन पार्ने काम गरेको परराष्ट्रमन्त्री वाङले बताउनु भएको छ। त्यसैगरी चीन र जर्मनीबीच चौतर्फी रणनैतिक सहयोगलाई विस्तार पारिएको र स्तर उकासिएको पनि उहाँले बताउनुभयो। राष्ट्राध्यक्ष सीको भ्रमण र वार्ताले जी 20 मा सहयोगको प्रवृत्तिको रक्षा र गति बढाएको परराष्ट्रमन्त्री वाङले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु