फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा नेपाल भ्रमण गर्ने पर्यटकमा भारतीय पहिलो, चिनियाँ दोश्रो

(GMT+08:00) 2017-07-10 17:46:29

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। सन् २०१२ देखि २०१६ सम्मको अवधिमा ६ लाख ७३ हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेका छन्। वार्षिक १५ देखि २५ प्रतिशत वार्षिक रूपमा भारतीय पर्यटक नेपाल आउने गरेका छन्।

भूकम्प र नाकाबन्दीपछि भारतीय पर्यटक उल्लेख्य रूपमा बढ्न नसकेको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताउनुभयो। भारतीयहरूमा नेपालको बारेमा गलत प्रचार भइरहेको छ," शाहले भन्नुभयो। भारतीय पर्यटक बजारमा आक्रामक प्रवद्र्धनको कार्यक्रम नेपालले गर्नुपर्ने शाहले बताउनुभयो।

भारतपछि बढी पर्यटक आउनेमा क्रमशः चीन, श्रीलंका, अमेरिका र बेलायतका रहेका कारोबार अनलाइनले जनाएको छ। सन् २०१२ देखि अहिलेसम्म चार लाखभन्दा बढी चिनियाँ नागरिक नेपाल भ्रमणमा आइसकेका छन्। यसैगरी सन् २०१२ देखि सन् २०१६ सम्म श्रीलंकाबाट साढे दुई लाखभन्दा बढी, अमेरिकाबाट पनि साढे दुई लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। पाँच वर्षको अवधिमा बेलायतबाट पनि दुई लाखकै हाराहारीका पर्यटक आएका छन्। पछिल्लो चार वर्षदेखि थाइल्यान्डबाट नेपाल घुम्न आउनेको संख्या क्रमशः बढ्दो छ।

नयाँ वर्ष २०७४ को सुरुको महिनादेखि असार दोस्रो हप्तासम्म गत वर्षभन्दा भारतीय पर्यटकको आगमन बढेको छ । पोखराका होटलमा कुल पर्यटकमा ६० प्रतिशत भारतीय पर्यटक रहेका छन्। २० प्रतिशत चिनियाँ र बाँकी आन्तरिक र युरोप अमेरिकन पर्यटक छन्। सन् २०१२ देखि चिनियाँ पर्यटकको आगमन बढ्ने क्रमसँगै पोखराको साहसिक हवाई खेल पर्यटनमा लगानी ह्वात्तै बढेको थियो।

जानकारी तथा लेखहरु