फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा दश दिनका लागि पुग्ने इन्धन सञ्चिति

(GMT+08:00) 2017-07-10 17:47:08

पेट्रोलियम पदार्थ आयातमा सामान्य अवरोध हुनासाथ पेट्रोल भर्न घन्टौं लाइन बस्नुपर्ने काठमाडौं उपत्यकाका उपभोक्ताले अब राहत पाउने भएका छन्। नेपाल बन्द, बाटो बन्द, १–२ दिन बिदा हुनासाथ बजारमा पेट्रोल अभाव हुने र लामो लाइन लाग्ने अहिलेको समस्या हटाउन नेपाल आयल निगमले भण्डारण क्षमता बढाएपछि उपभोक्ताले राहत पाउने भएका हुन्। निगमले काठमाडौंको थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता करिब पाँच गुणा बढाएपछि यस्तो अवस्था आएको हो।

नागरिकन्यूज डट कमका अनुसार थानकोट डिपोमा अहिलेको ११ लाख लिटर पेट्रोल भण्डारण क्षमतालाई बढाएर ५३ लाख लिटर पुर्‍याएको छ। मट्टीतेलको खपत घटेपछि निगमले यसका दुई ट्यांकमा पेट्रोल भर्न सुरु गरेको हो। नयाँ ट्यांकमा आइतबारबाट पेट्रोल भर्न सुरु गरेको निगमले जनाएको छ। अहिले बजार माग अनुसार दुई दिनमात्र थेग्ने गरी स्टक राख्ने क्षमता थियो,' निगम थानकोट डिपो प्रमुख नेत्र काफ्लेले भन्नुभयो, 'अब १० दिनलाई पुग्ने गरी पेट्रोल स्टक राख्न सक्छौं।'

निगमसँग पेट्रोल स्टक राख्ने ठाउँ नहुँदा आयातमा सामान्य अवरोध हुनासाथ काठमाडौं उपत्यकामा पेट्रोल अभाव हुँदै आएको छ। ट्यांकमा भरेर राखेपछि पेट्रोल आयातमा अवरोध भए पनि थानकोट डिपोबाटै करिब १० दिनसम्म निगमले पेट्रोल बिक्री गर्न सक्छ। उपत्यकामा दैनिक करिब पाँच लाख लिटर पेट्रोल खपत हुन्छ। निगमसँग पेट्रोल राख्ने ठाउँ (ट्यांक) नहुँदा बिदाको दिन र सामान्य बन्द हुँदा पेट्रोल पम्प सञ्चालको माग अनुसार दिन नसकेपछि बजारमा पेट्रोल हाहाकार हुन्थ्यो। इण्डियन आयल कर्पोरेसन (आइओसी) ले मागेजति पेट्रोल दिए पनि राख्ने ठाउँ नहुँदा सहज आपूर्ति गर्न सकेको थिएन।

जानकारी तथा लेखहरु