फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीले नेपालका होटेलबाटै तीन सय अमेरिकी डलरसम्म साँट्न पाउने

(GMT+08:00) 2017-07-10 17:47:42

विश्वका विभिन्न मुलुकबाट आउने विदेशी नागरिकले होटेलबाटै अधिकतम तीन सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०७४/७५ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विदशीले होटेलबाटै तीन सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको हो। इजाजत प्राप्त होटेलले आफ्नो सेवा बिक्री गर्दा मात्र सटही दिन सक्ने व्यवस्थालाई परिर्वतन गर्दै राष्ट्र बैंकले नयाँ नियम ल्याएको हो। नयाँ नियम अनुसार अब होटेलमा बस्ने ग्राहकलाई आवश्यकता परेको अवस्थामा प्रतिग्राहक अधिकतम तीन अमेरिकी डलर बराबरसम्म सटही गर्न पाउने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ।

ईकान्तिपुर राष्ट्र बैंकले गरेको सहटी सुविधाको निर्णयलाई होटेल एसोसिएसन अफ नेपाल (हान)ले पनि सकारात्मक कदम भएको जनाएको छ। हानका महासचिव विनायक शाहका अनुसार राष्ट्रबैंकले दिएको सटही सुविधा होटेल व्यवसायीले नियमसंगत विदेशी मुद्राको अपचलन नहुने गरी काम गर्ने बताउनुभयो।

विदेशीसँग लिएको डलर पनि राष्ट्रबैंकको प्रक्रिया पूरा गरेर मात्र लिने हुँदा कसैलाई असर नगर्ने उहाँको भनाइ छ। सटही सुविधाबाट होटेल व्यवसायीलाई भन्दा पनि विदेशी नागरिकलाई नै सहज हुने उहाँको भनाइ छ। राष्ट्रबैंकको कदमलाई पर्यटन व्यवसायी सुमन पाण्डेले पनि सकारात्मक कदम भएको बताउनुभयो। होटेलमा आउन साथ विदेशीले तीन सय डलर लिनपाउँदा रकम अभावले उनीहरूमा आउने मानसिक तनाव मुक्त हुने उहाँको भनाइ छ। अहिले होटेलमा बसेका पर्यटकले कुनै सामान्य बाहिर निस्कँदा पनि खर्च गर्ने रकमका लागि मनी एक्सचेन्जमा गएर डलर सटही गर्नुपर्ने अवस्था थियो। यसकाकारण उनीहरूलाई केही असहता हुने अवस्था थियो।

जानकारी तथा लेखहरु