फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पाउ लान उच्च गतिको रेलमार्ग सञ्चालन शुरु

(GMT+08:00) 2017-07-10 17:51:36

उत्तर पश्चिमी चीनको पल्लो शान्सी प्रान्तको पाउ ची सहर र कान्सु प्रान्तको लानचौ सहरलाई जोड्ने उच्च गतिको रेलमार्ग----पाउ लान उच्च गतिको रेलमार्गले जुलाई नौ तारिखदेखि सेवा शुरु गरेको छ। यसले उत्तर पश्चिमी चिनियाँ क्षेत्र सम्पूर्ण रुपमा सारा देशको उच्च गतिको रेलमार्ग सञ्जालमा समेटिएको एउटा प्रतीक हुनुका साथै पूर्वी, केन्द्रीय र पश्चिमी चीनको उच्च गतिको रेलमार्ग आपसमा जोड्ने योजनालाई पनि साकार तुल्याइएको छ।

यस चार सय एक किलोमिटर लम्बाईको उच्च गतिको रेलमार्गले पूर्वी र पश्चिमतर्फ अहिले रहेका उच्च गतिका रेलमार्गलाई जोडेर प्राचीन सहर सी आन र दुई हजार तीन सय किलोमिटर टाढा रहेको युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछीलाई पनि जोडेको छ। यो प्राचीन रेशमी मार्गमा अहिले उच्च गतिको रेल चलिरहेको छ।

जानकारी तथा लेखहरु