फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काश्मिर गोली प्रहारको घटनाप्रति पाकिस्तानद्वारा भारतसामु विरोध

(GMT+08:00) 2017-07-10 17:52:24

पाकिस्तानको विदेश मन्त्रालयले जुलाई नौ तारिख पाकिस्तानका लागि एक उच्च भारतीय अधिकारीलाई बोलाएर दुई पक्षबीच काश्मिरमा भएको गोली हानाहानको घटनाका सम्बन्धमा विरोध जनाएको छ। पाकिस्तानले भारतलाई दुई पक्षबीच सन् 2003 मा सम्पन्न युद्धविराम सन्धिको पालना गर्न पनि आग्रह गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले सोहि दिन एउटा विज्ञप्ति प्रकाशित गर्दै भारतीय सेनाले जुलाई आठ तारिख काश्मिर वास्तविक नियन्त्रण रेखाको वरिपरि पाकिस्तानतर्फ गोली प्रहार गरेको र जसबाट पाँच जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको कुरा उल्लेख गरेको छ। पाकिस्तानले भारतलाई यस पटकको दुर्घटना र अरु युद्धविराम सन्धि उल्लंघन गरिएको गतिविधिको छानवीन गर्नुका साथै भारत र पाकिस्तानमा तैनाथ भएको संयुक्त राष्ट्र संघको सैनिक पर्यवेक्षक टोलीलाई मध्यस्थताको भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

जानकारी तथा लेखहरु