फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'एक पेटी एक मार्ग' अवधारणाबारे चीनका लागि पूर्व जर्मनी राजदूतको भनाई

(GMT+08:00) 2017-07-10 17:53:21

जुलाई आठ तारिख बीस मुलुक समूहको तेह्रौं शिखर सम्मेलन जर्मनीको ह्यामबर्गमा सम्पन्न भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सम्मेलनमा भाग लिएर महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। सम्बोधनमा उहाँले बोल्दै केही समयअघि चीनमा सफलताका साथ 'एक पेटी एक मार्ग 'अन्तर्राष्ट्रिय सहयोगात्मक शिखर सम्मेलनको आयोजना गरेर यो प्रस्तावको उद्देश्य बीस मुलुक समूहको लक्ष्य एउटै भएको औंल्याउनुभयो।

यसप्रति चीनका लागि पूर्व जर्मनी राजदूत श मिन स्यानले आपसी कनेक्टिभिटी र आपसी सम्पर्क गर्ने डिजिटल 'एक पेटी एक मार्ग'को निर्माण गरी चीन र वरिपरिका मुलुकका लागि महत्वपूर्ण अर्थ राख्ने प्रतिक्रिया दिनुभएको छ।

यस पटकको सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सीले डिजिटल समस्याको चर्चा गर्दै बीस मुलुक समूहले संयुक्त सहयोगमा डिजिटल आर्थिक विकासको अन्तर्राष्ट्रिय वातावरण निर्माण गरेर संयुक्त रुपमा डिजिटल प्रयोग स्तरलाई माथि उकास्नुपर्नेमा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु