फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ योजना"बाट विश्व विकासका लागि थप स्थिर शक्ति

(GMT+08:00) 2017-07-10 17:54:04

दुई दिनसम्म चलेको बाह्रौं जी-20 शिखर सम्मेलन जुलाई सातदेखि आठ तारिखसम्म जर्मनीको हेम्वर्गमा आयोजना गरिएको थियो। त्यस शिखर सम्मेलनमा चीनले पुन:एक पल्ट सारा विश्वसमक्ष ठूलो मुलुकको स्वभावलाई प्रदर्शन गरेको छ। राजनीतिक, आर्थिक र वातावरण क्षेत्र सम्बन्धी चीनको अडानमा त्यस शिखर सम्मेलनमा सहभागी विभिन्न देशका राष्ट्रनायक र अन्तर्राष्ट्रिय समाजले विस्तृत रुपमा ख्याल-विचार गरेका छन्।

सारा विश्वको आर्थिक समस्या सम्बन्धी चिनियाँ योजना पनि उक्त शिखर सम्मेलनमा रहेको एउटा ध्यानाकर्षणको विषय रहेको छ। सम्मेलनलाई सम्बोधन गर्दै सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विभिन्न मुलुक बीच ब्यापारिक सहयोगलाई सबल पार्नुपर्ने महत्वबारे चर्चा गर्नुका साथै सँरक्षणवादको विरोध गर्ने कुरा पनि पुनर्पुष्टी गर्नुभएको थियो। यसबाहेक, डिजिटल अर्थतन्त्र र नयाँ ढाँचा उद्योग सम्बन्धी आपसी सहयोगलाई मजबुत पार्न राष्ट्राध्यक्ष सीले जी-20का विभिन्न सदस्य मुलुकलाई आह्वान पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु