फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र मङ्गोलियाबीच मित्रता हितयुक्त रहिरहने चीनको परराष्ट्र मन्त्रालयको आशा

(GMT+08:00) 2017-07-10 19:16:01

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले जुलाई दश तारिख आयोजित पत्रकार सम्मेलनमा चीन र मङ्गोलियाबीचको सम्बन्धले केही वर्षयता आपसी आदरसम्मान र आपसी हितका आधारमा धेरै प्रगति हासिल गर्नुका साथै भविष्यमा मैत्रीपूर्ण कूटनीतिक विचार लिएर दुई मुलुकका जनतासामु अझै फाइदा ल्याउने आशा चीनले गरेको कुरा बताउनुभएको छ।

प्राप्त जानकारीका अनुसार, मङ्गोलियामा जुलाई सात तारिख राष्ट्रपतीय चुनावको दोस्रो चरणको मतदान गरिएको छ। लोकतान्त्रिक पार्टीका उम्मेदवार खाल्तमा बातुल्गाले सफलतापूर्वक मङ्गोलियाको राष्ट्रपतिय निर्वाचनबाट निर्वाचित भएका छन्। यसप्रति प्रवक्ता कङ्ग श्वाङ्गले बातुल्गा मङ्गोलियाका सातौं राष्ट्रपतिको पदमा निर्वाचित भएकोमा चीनको तर्फबाट बधाइ प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु