फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्डोनेसियामा 'मिनी लुम्बिनी' बनाउन नेपालको प्रस्ताव

(GMT+08:00) 2017-07-11 14:14:14

नेपालले इन्डोनेसियाको बोरोबुदुर क्षेत्रलाई 'मिनी लुम्बिनी' का रूपमा विकास गर्न इन्डोनेसियासमक्ष प्रस्ताव गरेको छ । युनेस्कोद्वारा विश्वसम्पदा सूचीकृत त्यहाँको मध्य जाभा प्रान्तमा पर्ने उक्त क्षेत्र बौद्ध धर्मावलम्बीका लागि प्रसिद्ध ठाउँ मानिन्छ । विश्वकै सबभन्दा ठूलो बौद्ध मन्दिर रहेको बोरोबुदुरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको झल्को दिने गरी मिनी लुम्बिनीका रूपमा विकास गर्न नेपालले प्रस्ताव गरेको ईकान्तिपुर अनलाइनले जनाएको छ।

लुम्बिनी र बोरोबुदुरलाई भगिनी सहरको सम्बन्ध स्थापना गर्ने उद्देश्यले मंगलबार आयोजित 'दि कन्फरेन्स अन लुम्बिनी, दि बर्थ प्लेस अफ लर्ड बुद्ध' कार्यक्रममा नेपाल सरकारका तर्फबाट नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले त्यस्तो प्रस्ताव गर्नुभएको हो। बोरोबुदुरलाई लुम्बिनीको भगिनी सहरका रूपमा विकास गर्दा दुवै देशलाई पर्यटकीय विकासमा फाइदा पुग्ने राजदूत बस्न्यातले बताउनुभयो।

राजदूत बस्न्यातले नेपाल सरकारबाट अनुमति पाएलगत्तै उक्त प्रस्ताव मलेसियास्थित इन्डोनेसियाली दूतावासमार्फत त्यहाँको सरकारलाई पठाएको जनाइएको छ। यसै वर्षको जनगणनाअनुसार उक्त सहरको जनसंख्या २६ करोड ३५ लाख १० हजार रहेको छ। तीमध्ये शून्य दशमलव ७२ प्रतिशत बौद्धधर्म मान्छन्। इन्डोनेसिया विश्वमै सबभन्दा बढी मुस्लिम धर्मावलम्बी रहेको देश मानिन्छ। त्यहाँ लुम्बिनीको भगिनी सहर स्थापना भए दुई देशबीच पर्यटन प्रवर्द्धन हुने नेपालको विश्वास छ।

जानकारी तथा लेखहरु