फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौमा भित्र्याउन लागिएको पानीको गुणस्तर कम्प्युटरबाटै जाँच्नसकिने

(GMT+08:00) 2017-07-11 14:14:48

मेलम्चीबाट उपत्यकामा भित्र्याउन लागिएको पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ। मेलम्ची खानेपानी पाइपमा 'सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)' प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो। 'स्काडा' जडान भएपछि गुणस्तरसँगै पानीको बहाव मापन र चुहावटको जानकारी समेत कम्प्युटरबाटै हुनेछ। नागरिकन्यूज अनलाइनका अनुसार खानेपानी वितरण आयोजनामा यो नेपालमै पहिलोपटक जडान गर्न लागिएको प्रणाली हो।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार 'स्काडा' अत्याधुनिक प्रविधियुक्त प्रणाली हो। यो प्रविधिले वितरित पानीको सम्पूर्ण विवरण स्वचालित रूपमा संकलन गर्छ। समस्या देखिएमा पनि नियन्त्रण कक्षबाटै समाधान गर्न सकिन्छ। सरकारले महाराजगन्जमा नियन्त्रण कक्ष राख्ने तयारी गरेको छ। मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयले महाराजगन्जमा नियन्त्रण कक्ष राख्ने तयारी गरेको हो।

नियन्त्रण कक्षबाट पानीको विवरण विश्लेषणका आधारमा नियन्त्रण र निरीक्षण गरिने निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । दुई वर्षभित्र कार्यान्वयनमा आइसक्ने प्रणालीको पहिलो चरणमा थोक वितरण प्रणाली अन्तर्गतका पाइपमा जडान गरिने निर्देशक खत्रीले जानकारी दिनुभयो। 'स्काडा' प्रणाली जडान भएपछि पाइप र ट्यांकीमा 'सेन्सर' जडान हुन्छन्। सेन्सरले वितरित पानीको विवरण नियन्त्रण कक्षलाई दिन्छ। त्यसबाट पानीको बहाव, चुहावट र गुणस्तर मापन हुन्छ।

जानकारी तथा लेखहरु