फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा दोस्रो मह महोत्सव जारी

(GMT+08:00) 2017-07-11 14:15:40

महको महत्व बुझाउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि दोस्रो मह महोत्सव सुरु भएको छ।महोत्सव असार २९ गतेसम्म सञ्चालन हुनेछ। व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन्। महोत्सव अवधिमा झन्डै रु ५० लाख महको कारोबार हुने अपेक्षा राखिएको छ।

अनलाइन खबरका अनुसार २०५२ सालदेखि नेपालमा व्यावसायिक मौरीपालन सुरु भएपनि हालसम्म प्रयोगशाला छैन। एक तथ्याङ्कअनुसार नेपालमा वार्षिक लगभग एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुन्छ। तर, नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट मह आयात गर्छ।

विश्वमा ८० जातका माहुरी छन्। विश्वमा नौथरीका मौरीबाट व्यावसायिक मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये नेपालमा मेलिफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुँदै आएको छ। सबैभन्दा महँगो मह भिरमौरीको हो। जुन प्रतिकेजी दुई हजार ५०० देखि तीन हजार रूपैयाँमा कारोबार हुन्छ। यसैगरी केरेनाको ७०० देखि एक हजार र मेलिफेराको ४०० देखि ५०० रूपैयाँसम्म बिक्री हुँदै आएको छ।

नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ। सरकारले मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र घोषणा गरेको छ। विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन्।

जानकारी तथा लेखहरु