फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सुरू भएको स्वास्थ्य बिमा कार्यक्रममा महिला सहभागिता राम्रो

(GMT+08:00) 2017-07-11 14:16:11

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिलाको सहभागिता उत्साहजनक देखिएको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला छन्। त्यस्तै, स्वास्थ्य उपचार सेवा लिनेमा पनि महिला नै अग्रपंक्तिमा देखिएका कारोबार अनलाइनले लेखेको छ।

समितिको तथ्यांकअनुसार हालसम्म स्वास्थ्य उपचार सेवा लिएकामध्ये ५७ प्रतिशत महिला नै रहेका छन् । हालसम्म नेपालमा विभिन्न ८ जिल्लाका ८८ हजार ३ सय ८५ जना व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भइसकेका छन् । प्रत्येक जिल्लामा पुरुषको तुलनामा महिला सहभागीता बढी देखिएको छ । कार्यक्रम उपचार सेवा सुरु भएका आठ जिल्लामध्ये बैतडीबाहेकका सबै स्थानमा सहभागी भएकामध्ये महिलाको संख्या अधिक छ।

तुलनात्मक रूपमा स्वास्थ्य बिमा कार्यक्रममा महिलाको उपस्थिति बाक्लो देखिएको छ। नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या अधिक हुनु तथा वैदेशिक रोजगारीका लागि पुरुषहरु घरभन्दा बाहिर रहनुले पनि महिलाको संख्या धेरै देखिएको हुन सक्ने समितिका सिअहेव अधिकृत जनक अधिकारीले बताउनुभयो। अर्थात् अधिकांश महिला घरमा नै हुने भएकाले धेरै महिलाले सहभागीता जनाएको हुन सक्ने उहाँको भनाइ छ। नागरिकको उपचार गर्न पाउने अधिकारलाई संरक्षण गर्दै सरकारले नै स्वास्थ्य बिमा कार्यक्रमको परिकल्पना गरेको हो। कार्यक्रम सञ्चालनको योजना विगत लामो समयदेखि भए पनि अघिल्लो वर्षदेखि मात्रै यो कार्यक्रम सञ्चालनमा आएको हो।

जानकारी तथा लेखहरु