फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्ने कुरामा समर्थन नगर्ने नेपालका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2017-07-11 18:37:44

हालै नेपालको राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको संरक्षण र पारवहन सुविधाका लागि ठूलो रकम दिएर एउटा सुरक्षासहितको गाडी र केही सामान्य गाडीहरू किन्नुपर्ने विषयलाई लिएर नेपालमा विवाद उत्पन्न भएको छ। नेपालका प्रधानमन्त्री शेरबाहादुर देउवाले जुलाई दश तारिखका दिन यस कुराको समर्थन नगर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, नेपालको राष्ट्रपति कार्यालयले सोह्र करोड रुपैयाँको रकममा ती गाडिहरु किन्न खोजेको छ। नेपालको आन्तरिक जनमत अनुसार, विशाल भूकम्पको विगत दुई वर्ष वितिसक्दा पनि धेरै नेपालीहरु अस्थायी पालमुनि कष्टकर जीवन व्यतीत गरिरहेका छन्। राष्ट्रपतिका लागि त्यति महंगो गाडी किन्नु अनुचित छ।

प्रधानमन्त्री देउवाले हिजो संसदमा सम्बन्धित प्रश्नको उत्तर दिने क्रममा उचित गाडीले नै नेपालको राष्ट्रानायकको सुरक्षा र इज्जत प्रत्याभूति गर्न सक्ने तर अहिले नै त्यति महँगो गाडि किन्ने योजनाको समर्थन नगर्ने स्पष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु