फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाइनान एयरलाइन्स सम्बन्धी को वन क्वैको भनाइको छानबीन

(GMT+08:00) 2017-07-11 18:43:56

हाल चीनको मुख्य समाचार एजेन्सी अर्थात् सिन्ह्वा समाचार समितिले एउटा रिपोर्ट सार्वजनिक गर्दै विदेश भागेर गएका चिनियाँ धनी मान्छे को वन क्वैको तथाकथित तथ्य कुरालाई स्पष्ट पारेको छ।

को वन क्वैको तथाकथित तथ्य कुरा वास्तवमा उनले हाइनान एयरलाइन्समा कार्यरत् कर्मचारीलाई घुस दिएर अवैध रुपमा एयरलाइन्स कम्पनीभित्रका सामग्री सङ्कलन गरी तथ्य कुरालाई बंग्याएको कुरा उक्त रिपोटमा विस्तृत रुपमा उल्लेख गरिएको छ।

विदेश भागेर गएका को वन क्वै नामका धनी मान्छे पैचिङ फान कु कम्पनीका वास्तविक नियन्त्रक हुन्। साथै उनी अन्तर्राष्ट्रिय प्रहरी संगठनले सारा देशको परिधिमा रातो सूचीमा सार्वजनिक गरिएको शंकास्पद अपराधी पनि हुन्। यस वर्षको अप्रिल उन्नाईस तारिखदेखि यता उनले विदेशी सञ्चार-माध्यम र नेटवर्कमार्फत श्रृंखलाबद्ध तथाकथित तथ्य कुरालाई सार्वजनिक गरेका छन्।

जानकारी तथा लेखहरु