फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइन र इजरेल बीचको शान्ति प्रक्रियाका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन इच्छुक

(GMT+08:00) 2017-07-11 18:44:38

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले एघार तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा प्यालेष्टाइनसँगै मिलेर चीन-प्यालेष्टाइन मैत्रीपूर्ण सहकार्यलाई चौतर्फी रुपमा विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभयो। उहाँले प्यालेष्टाइनी राष्ट्रपति माहमुद अब्बासले चीनको भ्रमण गर्नुहुने विषयबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा प्यालेष्टाइनी राष्ट्रपति माहमुद अब्बासले जुलाई सत्रदेखि बीस तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

प्यालेष्टाइनसँगै मिलेर चीन र प्यालेष्टाइन बीचको परम्परागत मित्रतालाई गहन पार्नुका साथै प्यालेष्टाइन र इजरेल बीचको शान्ति प्रक्रियालाई अघि बढाउनका लागि रचनात्मक भूमिका निर्वाह गर्दै जान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता कङले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु