फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कूटनीतिक समस्या आउन नदिन एउटै परराष्ट्र नीति अपनाउन सुझाव

(GMT+08:00) 2017-07-12 18:23:16

राजनीतिक दलहरूले आफूअनुकूल परराष्ट्र नीति अवलम्बन गर्ने परम्परा बस्दा मुलुकमा बेला–बेला कूटनीतिक समस्या आउने गरेको अध्येताहरूले औंल्याएका छन्। सरकारी 'थिंक–ट्यांक' परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले प्रशिक्षार्थीहरूमार्फत गराएको अध्ययनले यस्तो निष्कर्ष दिएको हो। कूटनीति मूल मर्ममा पुगेरभन्दा व्यक्तिको लहडमा सञ्चालन हुने गरेकाले यसको गाम्भीर्य राजनीतिक दलले समयमा बुझ्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।

भारतीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर अध्ययनरत सुमन मण्डल र अस्मिता बर्माले यो अध्ययन गरेका हुन्। उनीहरूले विभिन्न राजनीतिक दलका विदेश विभागका प्रतिनिधिबीच मंगलबार आफ्नो अध्ययन निचोडमाथि अन्तक्रिया गर्दै भने, 'पटक–पटक सरकारमा गइसकेका आठ राजनीतिक दलका चुनावी घोषणापत्रलाई आधार मानेर विदेश नीति अध्ययन गरिएको हो।'

राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा उल्लेख गरेको भन्दा फरक ढंगले कूटनीति सञ्चालन गरेका उदाहरण अध्ययनमा समेटिएको छ। दल र व्यक्तिभन्दा पनि मुलुक विशेष र संस्थागत रूपमा कूटनीति सञ्चालन हुनुपर्ने उनीहरूको सुझाव छ।

जानकारी तथा लेखहरु