फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दोश्रो पटक कलेजोको सफल प्रत्यारोपण

(GMT+08:00) 2017-07-12 18:23:54

मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। भारतीय विशेषज्ञहरूको प्राविधिक सहयोगमा प्रत्यारोपण गरिएको हो। यसअघि दक्षिण कोरियाली विशेषज्ञहरूको सहयोगमा ६ महिनाअघि मुलुकमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। दक्षिण एसियामा भारतीय अस्पतालले मात्रै कलेजो प्रत्यारोपण सेवा नियमित रूपमा दिइरहेका छन् । पाकिस्तान र बंगलादेशमा समेत कुनै–कुनै केन्द्रले यो सेवा सुरु गरे पनि नियमित हुन सकेको छैन ।

मानव अंग प्रत्यारोपण केन्द्रले ११ घण्टा लामो शल्यक्रिया गरेर लगनखेलका ५७ वर्षीय हिराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरेको हो। महर्जनकी छोरी सरिताले कलेजो दान दिएकी थिइन्। कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. सुभास गुप्ताको सहयोगमा ३० चिकित्सक, नर्सलगायतको टोलीले उक्त प्रत्यारोपण गरेको थियो। प्रत्यारोपणमा १० भारतीय प्राविधिकसमेत सहभागी थिए। प्रत्यारोपणमा संलग्न नेपाली टोलीको नेतृत्व केन्द्रका निर्देशक एवं वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए।

जानकारी तथा लेखहरु