फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्प प्रभावित पर्यटकीय क्षेत्रमा कलात्मक घर बनाउनेलाई सरकारी सहयोग

(GMT+08:00) 2017-07-12 18:25:37

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित विभिन्न पुरातात्विक तथा पर्यटकीय महत्वका प्राचीन बस्तीमा कलात्मक घर बनाउनेलाई थप अनुदानलगायतका विशेष प्याकेजको प्रस्ताव गरेको छ । प्राचीन बस्ती संरक्षणका लागि प्राधिकरणले त्यस क्षेत्रमा बन्ने निजी आवासलाई थप ५० हजार रुपैयाँ दिने लगायतका प्रोत्साहनको प्याकेज प्रस्ताव गरेको हो । प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा बस्तीमा प्राचीन स्वरुप झल्कने गरी पुनर्निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्नका लागि प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार, काठमाडौंको साँखु, ललितपुरका खोकना तथा बुंगमती तथा गोरखा बजारको गोरखा दरबार तथा संग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवं दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका करिब तीन हजार निजी घरलाई प्राचीन स्वरुप झल्किने गरी कलात्मक बनाएर पुनर्निर्माण गर्ने गरी थप सहयोगको प्रस्ताव गरिएको छ । आगामी बुधबार बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत हुने र समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणले जनाएको छ ।

जानकारी तथा लेखहरु