फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर अफ्गानिस्तानमा बाढीबाट पाँच जनाको मृत्यु

(GMT+08:00) 2017-07-12 18:32:35

अफ्गानिस्तानका पदाधिकारीले जुलाई एघार तारिख जानकारी दिएअनुसार उत्तर अफ्गानिस्तानको बादाख्शान प्रान्तमा गएको भीषण बाढी प्रकोपबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै बीस जना घाइते भएका छन्।

बादाख्शान प्रान्तका उपप्रमुख गुल मोहम्मद बेतारले सोहि दिन सञ्चारमाध्यमलाई जानकारी दिँदै सो प्रान्तमा केहि दिनयता मुसलघारे वर्षा भएकाले विभिन्न ठाउँमा बाढी उत्पन्न भएर गम्भीर क्षति पनि पुर्‌याइएको जानकारी दिनुभयो।

सञ्चारमाध्यमहरूले बाढी प्रकोपले स्थानीय धेरै घर, कृषि भूमि र बाटोमा पनि क्षति पुर्‌याएको जनाएका छन्। प्रकोपको सामना गर्न स्थानीय सरकारले हेलिकप्टर पठाएर उद्धार कार्यमा सघाउनुका साथै प्रकोपग्रस्त क्षेत्रमा खाद्य, औषधी र लत्ता आदि राहत सामाग्री पठाएको छ।

जानकारी तथा लेखहरु