फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कर सुधार सारा विश्वको कर सुधारका लागि नमूना सावित

(GMT+08:00) 2017-07-12 18:33:20

कारोबार करबाट मूल्य अभिवृद्धि करमा परिणत हुने चीनको कर सुधार सारा देशको परिधिमा स्थिर रुपमा लागू भएको एक वर्ष पुगेको छ। के भन्न सकिन्छ भने हाल सारा विश्वमा निर्देशनात्मक अर्थ सहित आधुनिक मूल्य अभिवृद्धि कर व्यवस्था चीनमा मोटामोटी रुपमा स्थापित गरिएको देखिन्छ। चीनको कर सुधारबाट सारा विश्वको कर सुधारका लागि "चिनियाँ नमुना" उपलब्ध गरिएको ठहर पनि देशी र विदेशी विशेषज्ञहरूले गरेका छन्।

हाल अमेरिका भित्रको राजनीतिक तत्व बाहेक विश्वका प्राय:जसो मुलुकमा मूल्य अभिवृद्धि कर व्यवस्था लागू गरिएको छ। चिनियाँ उप वित्त मन्त्री श याउ ह्वैले कारोबार करबाट मूल्य अभिवृद्धि करमा परिणत गरिएको कुराबाट चीनको कर व्यवस्थाको पूर्णतालाई बढाउनका लागि सघाउ पुगेको जानकारी दिनुभयो।

प्राप्त जानकारी अनुसार, प्रत्यक्ष रुपमा पहिलेको बोझिलो करलाई खुकुलो पार्नु बाहेक नयाँ कर व्यवस्थाले आर्थिक बनौटको समन्वयलाई बढाउने र बजारको आर्थिक परिपाटीलाई व्यवस्थित पार्ने क्षेत्रमा सकारात्मक भूमिका पनि निर्वाह गर्दैआएको छ।

जानकारी तथा लेखहरु