फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका स्थानीय सरकारको ऋण सम्बन्धी खतरा नियन्त्रणको परिधिमा

(GMT+08:00) 2017-07-12 18:33:49

राज्य परिषद्को वारिसमा हाल चीनको लेखा-परीक्षण कार्यालयका प्रमुख हु च च्युनले राष्ट्रिय आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन काँग्रेस स्थायी समितिसमक्ष सन् 2016 केन्द्रिय बजेटको कार्यान्वयन र अन्य बित्तीय आय-व्ययको लेखा-परिक्षण अवस्थाबारे प्रतिवेदन पेश गर्नुभएको छ।

उहाँले गत एघार तारिख हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै चीनका स्थानीय सरकारको ऋण सम्बन्धी खतरा नियन्त्रण गर्नसकिने परिधिमा रहेको र केन्द्रीय बजेटको कार्यान्वयन अवस्था राम्रो भएकाले चीनको अर्थतन्त्रलाई स्थिर र अपेक्षाकृत राम्रो विकासको दिशातर्फ सुनिश्चित पारेको जानकारी दिनुभएको छ।

प्रमुख हुले पेश गर्नुभएको लेखा-परिक्षण प्रतिवेदनमा भनिएको छ: सन् 2017को मार्च महिनाको अन्त्यसम्म लेखा-परिक्षण गरिएका सोह्रवटा प्रान्त, सोह्रवटा शहर र चौधवटा जिल्ला तहका सरकार सम्बन्धी ऋणको खतरा समष्टिगत रुपमा हेर्दा नियन्त्रण गर्नसकिने परिधिमा रहेको देखिन्छ।

जानकारी तथा लेखहरु