फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन राष्ट्रिय निकुञ्जमा भौतिक संरचना नबनाउन युनेस्कोको आग्रह

(GMT+08:00) 2017-07-13 16:48:18

युनेस्कोको पोल्यान्डमा भएको ४१ औं बैठकमा विश्व सम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जभित्र भइरहेको भौतिक संरचनालगायत विकास निर्माणले प्रवेश पाएको छ। यसै साता सम्पन्न युनेस्को विश्व सम्पदाको ४१ औं बैठकमा युनेस्कोका अधिकारी र विश्वसम्पदाका विज्ञहरूले चितवन राष्ट्रिय निकुञ्जभित्रको जैविक विविधता, वन्यजन्तुको बासस्थान र संरचना खल्बलिने गरी भौतिक संरचना निर्माण अघि बढेकामा चिन्ता व्यक्त गरेका हुन्।

'अहिलेको बैठकमा पनि युनेस्कोले चितवन निकुञ्जभित्र भइरहेका भौतिक संरचनाबारे चासो राखे,' पोल्यान्डको क्राकाउमा भएको ४१ औं बैठकमा भाग लिएर फर्किएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भन्नुभयो, 'निकुञ्जलाई असर पुग्ने कुनै संरचना निर्माण हुँदैन भनेर हामीले ढुक्क बनायौं।' युनेस्कोका अधिकारी र विशेषज्ञहरूले पटक–पटक चितवन निकुञ्जको संरचना नबिगार्न नेपाली टोलीसमक्ष आग्रह गरेका थिए । बैठकमा विभागबाट महानिर्देशक खड्का र विष्णुप्रसाद श्रेष्ठसहित पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाल सहभागी थिए। बर्सेनि हुने युनेस्कोको ४१ औं बैठक बुधबारै सकिएको छ ।

यसअघि विश्व सम्पदामा सूचीकृत चितवन निकुञ्जभित्र भइरहेको र हुन लागेको भौतिक संरचना तथा ठूलाखाले संरचना निर्माणबारे युनेस्को मुख्यालयबाट आएको उच्चस्तरीय टोलीले दुईपटक अनुगमन गर्दै जैविक विविधता, वन्यजन्तुमा खलल पुर्‍याउने कुनै पनि संरचना अघि नबढाउन सुझाव दिएको थियो । पोल्यान्ड बैठकमा पनि निकुञ्जभित्र निर्माण भइरहेका र हुन लागेका ठूला सडक, हुलाकी मार्ग, रेल मार्ग, मोटरेबल बेलिब्रिजलगायत संरचनाबारे चासो राखेको थियो, ईकान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु