फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको इलाम जिल्ला पूर्ण साक्षर घोषित

(GMT+08:00) 2017-07-13 16:48:44

सरकारले तोकेको सूचक पूरा गरेसँगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाको साक्षरता प्रतिशत ९७.६ प्रतिशत पुगेकाले साक्षर घोषणा गर्न योग्य मापदण्ड पूरा गरेपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो। जिल्लाको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा बढी भएपछि साक्षर घोषणा गरिन्छ। जिल्ला शिक्षा अधिकारी टङ्क गौतमका अनुसार राष्ट्रिय जनगणना २०६८ मा इलामको साक्षरता दर ७७.९ प्रतिशत थियो। साक्षरता प्रतिशत कम भएकाले जिल्लालाई साक्षरता घोषणा गर्न धेरै गृहकार्य गर्नु परेको थियो।

मुलुकका ७५ वटा जिल्लामध्ये इलाम ३७ औँ साक्षर जिल्ला घोषित भएको गोरखापत्र अनलाइनले जनाएको छ। कार्यालयका अनुसार ०६७÷६८ मा देशभर ५१ लाख निरक्षर रहेकामा इलाममा ४० हजार ५२३ निरक्षर पाइएको थियो।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणि पौडेलले औपचारिक रूपमा साक्षर जिल्ला घोषणा हुने मापदण्ड पुगेकाले इलामलाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो। महानिर्देशक पौडेलले जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्कालाई साक्षरताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

जानकारी तथा लेखहरु