फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सीमा विवादको शान्तिपूर्ण निकास खोज्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2017-07-13 16:49:14

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दुई छिमेकी मुलुक चीन र भारतबीच पछिल्लो समय देखिएको तनावलाई शान्तिपूर्वक समाधान गर्नुपर्ने बताउनुभएको छ। महराले चीन र भारतबीच भारत–भुटान–चीनको त्रिदेशीय सिमा तोङलाङलाई लिएर चलिरहेको विवादप्रति भन्नुभयो, 'दुवै देशले शान्तिपूर्क र संवादमार्फत् समस्याको समाधान गरून् भन्ने नेपालको चाहना छ।' उहाँले सार्कबारे भारत र पाकिस्तानबीच देखिएको विवादको पनि दुई देशले शान्तिपूवर्क समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो।

दुई देशको विवादका कारण सार्कका गतिविधि रोकिन नहुने भन्दै महराले नेपालले भने छिमेकी मुलुकप्रति सन्तुलित सम्बन्ध राख्ने बताउनुभयो। नेपालको भूमि कुनै पनि देशविरूद्ध प्रयोग हुन नदिने र आफ्नो कार्यकालमा देशको राष्ट्रिय अखण्डता र स्वाभिमानलाई प्राथमिकतामा राखेरै काम गर्ने उहाँले बताउनुभयो। माघ ७ सम्म आफ्नो कार्यकाल रहेको र त्यो समयभरि अन्तर्राष्ट्रिय जगतमा नेपालको हित र इज्जत बढाउने एजेण्डालाई प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो।

महराले चीनको उच्चस्तरीय टोलीले छिट्टै नेपाल भम्रण गर्ने भन्दै थप्नुभयोः 'राष्ट्रपति नै आउनु हुन्छ या हुन्न, त्यो निश्चित भएको छैन। तर, चाँडै चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण हुने कुरा आएको छ।'

जानकारी तथा लेखहरु