फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाईले तिब्बती बौद्ध धर्मको पवित्र मन्दिर थाअर मन्दिरको वरिपरि केही संग्रहालय निर्माण गर्ने

(GMT+08:00) 2017-07-13 20:17:55

छिङ्गहाई प्रान्त सी निङ्ग सहरको ह्वाङ्ग चौङ्ग जिल्लाको संस्कृति र खेलकुद व्यूरोले जनाएअनुसार, स्थानीय सरकारले तिब्बती बौद्ध धर्मको पवित्र मन्दिर थाअर मन्दिरको वरिपरि, तिब्बती संस्कृति र छिङ्गहाई ह्वाङ्ग संस्कृतिलाई प्रदर्शन गर्ने उद्देश्यसहित केही संग्रहालय निर्माण गर्ने भएको छ। संग्रहालय स्थापनापछि तिब्बती बौद्ध धर्मको विशेषतायुक्त जातीय संस्कृति र धार्मिक संस्कृति यहाँ केन्द्रिय रुपमा प्रदर्शन गर्न सकिनेछ।

थाअर मन्दिर सी निङ्ग सहरको पूर्वी दक्षिण भागको ह्वाङ्ग चौङ्ग जिल्लामा पर्दछ। विशेषतायुक्त बौद्ध धार्मिक वस्तुहरु रहेकोले थाअर मन्दिर विश्वमा निकै प्रसिद्ध रहेको छ। हालै थार मन्दिरको वरिपरि पर्यटन सेवा गर्ने केन्द्र, राजमार्ग परिवर्तन आदि काम पूरा भइसकेको थियो।

जानकारी तथा लेखहरु