फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्मार्ट तरिकाबाट रेल टिकट किनबेचले पर्यटकहरू खुशी

(GMT+08:00) 2017-07-13 20:18:55

केही वर्षयता चिनियाँ रेलवेले परिवहनको कार्यकुशलतालाई उकास्दै आउनुका साथै सेवा स्तरलाई पनि निरन्तर रुपमा सुधार गरिरहेको छ। रेल टिकट किन्ने उदाहरणको लागि सूचनात्मक प्रविधि द्रुत गतिले विकास हुँदै आएकोले, चीनको रेलवे विभागले विस्तारै इन्टरनेट र मोबाइल फोनबाट टिकट किनबेच, आदि विभिन्न सुविधाहरू थप्दै गएको छ।

सन् 2011मा चीनको रेलवे विभागले इन्टरनेट टिकट बेच्ने वेबसाइटको प्रयोग गरेको थियो। सन् 2013 मा मोबाइल फोनबाट पनि टिकट किन्ने र मोबाइल फोनबाट पनि पैसा तिर्न सक्ने व्यवस्था गरेको थियो। सजिलो र छिटो टिकट किन्ने र पैसा दिने तरिकाले गर्दा चीन र विदेशी पर्यटकलाई पनि खुशी लागेको छ।

जानकारी तथा लेखहरु