फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वार्धमा चीनको आयात-निर्यात 19.6प्रतिशतले वृद्धि

(GMT+08:00) 2017-07-13 20:19:20

चीनको भन्सार मुख्यालयले आज जुलाई तेह्र तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याँकको अनुसार, यस वर्षको पूर्वार्धमा चीनको मालसामान व्यापारिक आयात-निर्यातको कूल रकम 131 खर्व 40अर्व चिनियाँ युआन पुग्नुका साथै गत वर्षको सोहि अवधिको तुलनामा 19.6प्रतिशतले वृद्धि भएको छ।

पूर्वार्धमा विदेशी व्यापारिक आयात-निर्यात वृद्धिको कारणबारे चीनको भन्सार मुख्यालयको प्रेस कार्यालयका प्रवक्ता ह्वा सोङ्ग फिङ्गले बोल्दै आवश्यकता वृद्धि, राम्रो नीति, मूल्य वृद्धि जस्ता केही कारणले गर्दा यस वर्षको पूर्वार्धको आयात-निर्यातले पुन स्थिरतालाई अघि बढाएको उहाँले बताउनुभएको छ।

थाहा पाएअनुसार, भविष्यमा चीनले वैदेशिक व्यापारिक विकासको गुणस्तरलाई माथि उकासेर, विदेशी व्यापारको दीर्घकालीन र स्वस्थ विकासलाई साकार तुल्याउने छ।

जानकारी तथा लेखहरु