फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

६ वटा प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा ९० प्रतिशत महिला विजयी

(GMT+08:00) 2017-07-14 16:27:15

स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला विजयी भएका छन्। पहिलो र दोस्रो चरण गरी ६ वटा प्रदेशमा भएको चुनावबाट गाउँपालिका, नगरपालिकामा गरी पाँच सय ५५ जना महिला उपप्रमुख विजयी भएका हुन्। संविधानले गाउँपालिका, नगरपालिकाका प्रमुखउपप्रमुखमध्ये एकमा महिलाको उम्मेदवारी सुनिश्चित गरेपछि उपप्रमुखमा महिलाको उपस्थिति देखिएको नागरिकन्यूज डटकमले जनाएको छ।

पहिलो र दोस्रो चरणमा गरी ६ सय १६ स्थानीय तहमा प्रतिनिधि चुनिएका छन्। पहिलो चरणमा दुई सय ८३ गाउँपालिका, नगरपालिकामा चुनाव भएको थियो। त्यसमध्ये भरतपुर महानगरको मत परिणाम आउन बाँकी छ। दोस्रो चरणमा तीन सय ३४ स्थानीय तहमा चुनाव भएको थियो। दुई चरणमा भएको चुनावमा उपप्रमुखमा १० प्रतिशत मात्र पुरुष आएका छन्। प्रमुख पदमा भने महिलाको संख्या तीन प्रतिशत छ। त्यसमध्ये महिला सदस्य, दलित महिला सदस्यका तर्फबाट सुनिश्चित प्रतिनिधित्व बढेको छ।

दोस्रो चरणको चुनावमा नेपाली कांग्रेसबाट ९३ जना महिला र एमालेका एक सय ७२ जना महिला उपप्रमुखमा विजयी भएका छन्। माओवादी केन्द्रबाट २५ जना महिला छन्। पहिलो चरणमा एमालेले एक सय ३६ स्थानमा उपप्रमुख जितेको थियो। तीमध्ये एक सय २६ महिला उपप्रमुख बनेका छन्। कांग्रेस ८४ स्थानमा उपप्रमुख जित्दा ७७ जना महिलाले प्रतिनिधित्व गरेका छन्।

जानकारी तथा लेखहरु