फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ घटाएपछि उद्योग क्षेत्र उत्साहित

(GMT+08:00) 2017-07-14 16:27:44

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ घटाएको छ। यसअघि दैनिक ४ घन्टासम्म हुँदै आएको लोडसेडिङ अब तीन घन्टामा सीमित पारिएको प्राधिकरणले जानकारी दिएको छ। विद्युतको आपूर्ति र मागअनुसार घरायसीसँगै औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ कम गर्दै जाने नीतिअनुसार प्राधिकरणले उद्योगमा लोडसेडिङ घटाइएको सेतोपाटी अनलाइनले जनाएको छ। असार ३० गतेदेखि लागू हुनेगरी देशका विभिन्न औद्योगिक क्षेत्रमा हुने लोडसेडिङको सूचना प्राधिकरणले निकालेको छ।

यसअघि प्राधिरकणले असारभित्र औद्योगिक क्षेत्रमा नियमित बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो। भनेजति भारतबाट आयात गर्न नसक्दा सो घोषणा भने कार्यान्वयन भएको छैन। औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेकोमा निजी क्षेत्र उत्साहित भएको छ। औद्योगिक क्षेत्रको सबैभन्दा ठूलो समस्या नै उर्जा अभाव भएको र गएको वर्षदेखि बिजुली आपूर्ति केही नियमित भएकोले राहत भएको उद्योगीहरू को भनाइ छ।

जेनेरेटर चलाउँदा एकातिर लागत बढ्ने अर्कोतिर उद्योगको क्षमताभन्दा निकै कम उत्पादन हुने भएकाले लोडसेडिङ घट्नु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो। औद्योगिक क्षेत्रमा अब २१ घन्टा बिजुली आपूर्ति हुने जसले गर्दा उद्योगहरु प्राय २ सिफ्टमा चल्ने गोल्छाको विश्वास छ।

जानकारी तथा लेखहरु